Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आयल निगम ऋण मुक्त, मूल्य घटाउन आनकानी

१४ बिहिबार , मंसिर २०८०एक बर्ष अगाडि

आयल निगम ऋण मुक्त, मूल्य घटाउन आनकानी

नेपाल आयल निगम आजदेखि ऋण मुक्त भएको छ । नेपाल सरकारलाई आज अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो ।

२०७७ सालदेखि घाटामा जान थालेको निगमले करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको थियो । आजदेखि ऋण मुक्त भएपनि निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक नहुँदा मूल्य घटाएको छैन ।

निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । निगमाले पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि चुक्ता गरिसकेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् । तर, यसअघि ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगमले ऋण मुक्त हुँदासमेत मूल्य घटाउने छाँटकाट देखिदैन ।

स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था भएपनि निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ ।

यसअघि निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको भएपनि असोजदेखि त्यो प्रणाली लागू गरेको छैन ।