Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एक वर्षमा ३७ सय भन्दा बढि अन्तर्राष्ट्रिय उडान

१४ बिहिबार , मंसिर २०८०३ बर्ष अगाडि

एक वर्षमा ३७ सय भन्दा बढि अन्तर्राष्ट्रिय उडान

नेपाल वायुसेवा निगमले पछिल्लो एक वर्षमा ३७ सय भन्दा बढि अन्तर्राष्ट्रिय उडान गरेको छ । निगमले गत आर्थिक वर्ष २०७९/८० मा ३ हजार ७ सय ६८ वटा अन्तर्राष्ट्रिय उडान गरेको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो एक वर्षमा ३ हजार ७ सय ६८ पटक अन्तर्राष्ट्रिय उडान गर्दै ६ लाख २९ हजार १ सय ४७ सङ्ख्यालाई सेवा दिएको बताइएको छ ।यात्रुलाई सेवा दिएबापत निगमले गत वर्षको बजार हिस्सा १६.५६ प्रतिशत रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।

निगमले सेवा दिएको उक्त अवधिमा निगमको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको बताइएको छ । त्यसतै निगमको बजार उपस्थिति सन् २०१९ बाट २०२० मा १८ प्रतिशत रहेकोमा हाल त्यसबाट बढेर २५ प्रतिशत पुगेको पनि निगमको भनाइ छ ।

तुलनात्मक रूपमा २०२० मा तथ्यांकन भएको बजार हिस्सामा २०२१ मा कमी देखिए पनि निगमको उडान सङ्ख्या तथा निगमबाट यात्रा गर्ने यात्रु सङ्ख्यामा भने सन् २०२०, २०२१ बाट २०२२ मा दोब्बर भन्दा बढीले वृद्धि भएको बताइएको छ ।

निगमले २०२३ को अन्त्यसम्ममा यसअघि देखिएको आँकडामा थप वृद्धि हुने दाबी समेत गरेको छ ।