Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

समलिंगी विवाह औपचारिक रुपमै दर्ता

१४ बिहिबार , मंसिर २०८०एक बर्ष अगाडि

समलिंगी विवाह औपचारिक रुपमै दर्ता

नेपालमा पहिलोपटक समलिंगी विवाहलाई औपचारिक रुपमै दर्ता गरिएको छ । लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्वर २ मा सुरेन्द्र पाण्डे र राम बहादुर गुरुङबीचको विवाहलाई स्थानीय प्रशासनले बुधवार दर्ता गरेर औपचारिकता दिएको हो ।

सर्वोच्च अदालतको अस्थायी अभिलेख रहने गरी समलिंगी विवाह दर्ता गर्न दिएको अन्तरिम आदेशबमोजिम नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले विवाह दर्ता गर्दै औपचारिक मान्यता दिएकी हुन् ।

लमजुङकी माया पारलैंगिक महिला हुन् भने नवलपरासीका सुरेन्द्र पाण्डे समलिंगी हुन् । उनीहरूले गत जेठमा विवाह दर्ताको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । उनिहरुले एक अर्काबीचको प्रेम सम्बन्धलाई २०७४ असोज २७ गते विवाहमा परिणत गरेका थिए ।

नेपालको सर्वोच्च अदालतले २०६४ पुष ६ गते गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेत अरूसरह समानता प्रत्याभूत गर्ने ऐतिहासिक फैसलाबमोजिम सर्वोच्चले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो ।

विवाह दर्तापछि सुरेन्द्रले आफूहरूले पाएको न्यायसँगै अन्य समलिंगी र तेस्रोलिंगीलाई पनि न्याय मिलेको बताए भने मायाले हाम्रो विवाह दर्ता भएसँगै हामीजस्ता समलिंगी र तेस्रो लिंगीलाई न्याय मिलेको बताईन । साथै विवाह दर्तापछि दुवैले खुसी व्यक्त गरेका छन् ।

उनीहरुले आफुहरु जस्तै धेरैलाई विवाह दर्ता गर्ने ढोका खुलेको बताए । यसलाई लिएर अधिकारकर्मीहरूले लामो संघर्षपछि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन् ।