
अनलाइनबाट सामान खरिद गर्दा सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ । अनलाइनबाट सामान खरिद गर्दा ठगिने सम्भावना धेरै देखिएकाले सामान खरिद गर्दा सचेत रहन आग्रह गरिएको हो ।
अहिले अनलाइनबाट सामान खरिद गर्दा अग्रिम भुक्तानी माग्ने र पछि सामान नदिएर अकाउन्ट बन्द गर्ने ठगि गिराेह सकृयता रहेको भन्दै प्रहरीले सचेत रहन सबैलाई आग्रह गरेको छ । साथै, ग्राहकले भुक्तानी दिदा आधिकारिक पेज हाे हाेइन यकिन गरेर मात्रै भुक्तानी दिनुपर्ने बताईएको छ ।
अनलाइनमा आकर्षक सामान देखाउने र ग्राहकलाई कमसल सामान दिने गरिएका धेरै घटना बढेकाले पनि सबै सचेत रहन आवस्यक रहेको प्रहरीको भनाई छ ।
अनलाइनबाट सामान खरिद गर्दा ग्राहकलाई सजिलो भए पनि दिनप्रतिदिन यसको विकृति बढ्दो भएकाले सतर्कता अपनाउन पर्ने आवस्यक रहेको नेपाल प्रहरीका प्रबक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बताए ।
अहिले ठगिनेकाे संख्या दिनप्रतिदिन बढ्दै गएकाेले कहि कतै आफू ठगिएको महसुस भए प्रमाण सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन सकिने पनि उनको भनाई छ ।