Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निमावि लाइसेन्स परीक्षामा ९ प्रतिशत मात्रै उत्तीर्ण

१३ बुधबार , मंसिर २०८०एक बर्ष अगाडि

निमावि लाइसेन्स परीक्षामा ९ प्रतिशत मात्रै उत्तीर्ण

शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षामा ९ प्रतिशत उतिर्ण भएका छन् । गत कात्तिक १८ गत्ते लिएको परिक्षामा ९ प्रतिशत पास र ९१ प्रतिशत फेल भएका हुन् ।

कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा आयोगले मंगलबार प्रकाशित गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ९ प्रतिशत मात्रै उत्तीर्ण भएको आयोगका अध्यक्ष मधुकुमार रेग्मीले जानकारी दिएका छन् । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थी सहभागी थिए । जसमा आयोगले मंगलबार प्रकाशित गरेको नतिजा अनुसार १३ हजार ७ जना पास भएका छन् ।

आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागीमध्ये २ हजार १३०, मधेश प्रदेशमा २२ हजार ८ सय ५५ सहभागीमध्ये १ हजार ६ सय १४, बागमतीमा १७ हजार ६ सय ५१ सहभागी मध्ये २ हजार दुई जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ११ हजार ८ सय ९७ सहभागीमध्ये १ हजार १ सय ५२, लुम्बिनी प्रदेशमा २९ हजार २ सय ३० सहभागीमध्ये २ हजार ८ सय ६३, कर्णाली प्रदेशमा २४ हजार १ सय ५४ सहभागीमध्ये १ हजार ५ सय ७४ जना र सुदूरपश्चिम प्रदेशमा २१ हजार १ सय ८६ सहभागीमध्ये १ हजार ६ सय ७२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षार्थीहरुको कमजोर तयारीका कारण उतीर्ण हुनेको संख्या कम भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । १ लाख ७५ हजारले फारम भरेका मध्ये १ लाख ५१ हजार १२ परीक्षार्थी 
परिक्षामा सहभागी थिए ।