Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौं महानगरपालिकाभित्र सूर्तीजन्य पदार्थ निषेध

१३ बुधबार , मंसिर २०८०एक बर्ष अगाडि

काठमाडौं महानगरपालिकाभित्र सूर्तीजन्य पदार्थ निषेध

काठमाडौं महानगरपालिकाले महानगरभित्र सूर्तीजन्य पदार्थ प्रयोग गर्न निषेध गरेको छ । यहि मंसिर २७ गतेदेखि लागु हुनेगरी महानगरभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने भएको हो ।

सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको बताउदै महानगरको स्वास्थ्य विभागले २९ औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सूर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हो । महानगरले जारी गरेको जनस्वास्थ्य ऐनमा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने समेत व्यवस्था गरेको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै यहो २०८० मंसिर २७ गतेदेखि उक्त निर्णय कार्यन्वयन हुने बताएको छ । सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग, मुखमा राखेर रस लिने सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य विभागले जानकारी दिएको छ । साथै, कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

महानगरले जारी गरेको जनस्वास्थ्य ऐनमा सार्वजनिक स्थलहरूको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था समेत गरेको छ । त्यस्तै २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

महानगरले सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त भएको बताउदै दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने समेत बताईएको छ ।