Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयद्धरा आन्दोलन

१२ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयद्धरा आन्दोलन

चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै लुम्बिनीमा स्थानीयले आन्दोलन गरेका छन् । लुम्बिनीको पश्चिम नवलपरासी अन्तर्गतको सुनवल नगरपालिकामा सञ्चालित चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै स्थानीयले आन्दोलन गरेका हुन् ।

मिलको प्रदूषण न्यूनीकरण गर्नुपर्ने भन्दै सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गर्दै पत्रकार सम्मेलन गरेर आफ्ना मागबारे जानकारी गराएका थिए । स्थानीयका अनुसार प्रदूषण न्यूनीकरणका निम्ति आधुनिक प्रविधिको प्रयोग नगरेको, मिल र डिस्टिलरीबाट निस्कने धुवाँ, खरानीले बजार प्रदूषित बनेको बताईएको छ ।

डिस्टिलरीबाट निस्कने फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भएको र मानिसको स्वास्थ्यमा प्रतिकूल असर परेको संघर्ष समितिको भनाई छ । त्यसैगरी प्रदूषण न्यूनीकरणका लागि विगतमा भएका सम्झौता कार्यान्वयन नभएको मिल सञ्चालकले उद्योगबाट निस्कने धुवाँ, खरानी र दूषित पानी न्यूनीकरणका निम्ति कुनै उपाय नअपनाएको कारण सुनवलवासी मारमा परेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताएका  छन् ।

समितिले प्रदूषण न्यूनीकरण नगरिए मिल चलाउन नदिने भन्दै थप दबाब दिन संघर्षका विभिन्न कार्य गर्ने चेतावनी दिएको छ । ८६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन गरी तीन कारखाना सञ्चालनमा रहेका छन् ।

डिस्टिलरीबाट निस्कने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित बन्नुका साथै सुनवलका १, ३, ४ र ६ नम्बर वडाका झन्डै ७० हजार मानिस मारमा परेको कारण प्रदूषण रोकथामका निम्ति संघर्ष समितिले पटक–पटक मिल र सरोकारवालासँग पहल गरे पनि कुनै सुनुवाइ नभएको उनीहरुको भनाई  छ ।

२०४६ सालमा तत्कालीन सरकार र चीनबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका–१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । त्यहि समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण गरिएपछि झनै प्रदूषण बढ्दै गएको स्थानीय बताउँछन् ।