Advertisement Banner
Advertisement Banner

२९ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

हमास र इजरायलबीचको युद्धविराम दुई दिन थप

१२ मंगलबार , मंसिर २०८०२ बर्ष अगाडि

हमास र इजरायलबीचको युद्धविराम दुई दिन थप

हमास र इजरायलबीच भएको ४ दिने युद्धविराम अरु २ दिन थप भएको छ । पहिलो चरणको ४ दिने युद्धविराम सक्किए लगतै इजरायल र हमासबीच गजामा २ दुई दिन युद्धविराम थप्ने सहमति भएको हो ।

पहिलो चरणको ४ दिने युद्धविरामको समय हिजो सोमबार सकिएको हो । पहिलो चरणको युद्धविराम सक्किएपछि हमास र इसराइलबीच गजामा थप २ दिन युद्धविराम गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पहिलो चरणको युद्धविराममा हमासले ६९ बन्धकलाई रिहा गरेको छ । जसको बदलामा इजरायलले १५० जना प्यालेस्टिनियन कैदीहरूलाई जेलमुक्त गरेको बताईएको छ । थपिएको २ दिने युद्धबिरमामा हमासले प्रत्येक दिन कम्तिमा १०/१० जना बन्धकलाई मुक्त गर्ने र इजरयालले पनि जेलमा रहेका प्यालेस्टिनियन कैदीहरूलाई छोड्ने बताएको छ ।

सिएनएनका अनुसार पहिलो चरणको युद्धविरामको अन्तिम दिन हिजो सोमबार हमासले ११ जना विदेशी नागरिकलाई बन्धकमुक्त गरेको थियो भने इजरयालले ३३ कैदीबन्दीलाई जेलमुक्त गरेको थियो ।

नेपालका बिद्यार्थी विपिन जोशीको बारेमा  केही दिनअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो । उनलाई छुटाउन आवश्यक सबै किसिमको पहल जारी राखिएको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका थिए ।

सोमबार हमासले मुक्त गरेको विदेशी नागरिकहरुमा फ्रान्सका  ३ जना , जर्मनका २ जना र अर्जेन्टिनाका ६ जना नागरिक रहेको सिएनएनले उल्लेख गरेको छ । हमासले इजरेली र विदेशी गरी झन्डै ६९ जना नागरिकलाई बन्धक मुक्त गरिसक्दा पनि नेपालका बिद्यार्थी विपिन जोशी बन्धक मुक्त भएका छैनन् ।

हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी इजरायलसहित २६ देशका २ सय ४९ जनालाई बन्धक बनाएको थियो ।