Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सडक र नदी किनारामा आगो बाल्न निषेध, बाले जरिवाना

१२ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

सडक र नदी किनारामा आगो बाल्न निषेध, बाले जरिवाना

वायु प्रदूषण हुनबाट रोक्न काठमाडौं महानगरपालिकाले सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको छ । जाडो याममा आगो ताप्नका लागि फोहोर थुपारेर सडक र नदी किनारामा आगो बाल्दा वायु प्रदूषण हुने भन्दै महानगरले सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको हो ।

महानगरपालिकाले सडक र नदी किनारामा आगो बालेको भेटिएमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने समेत बताएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले कारबाहीस्वरूप प्रत्येक पटक ५ सयदेखि १५ हजार रुपियाँ जरिवाना लिन बताउदै कारबाहीमा परेर पनि अटेर गरी आगो बालेमा १ लाखसम्म जरिवाना तिराउने जनाएको छ ।

जाडो बढेसँगै राजधानीका सडक बालबालिका र नदी किनारामा बसोबास गर्नेहरूले सडक र नदी किनारामा फोहोर थुपारेर आगो बालेर ताप्ने गरेका छन् भने उक्त फोहोरबाट निस्कने धुँवाले वायु प्रदूषण बढाउनका साथै जनजीवनमा गम्भीर असर पर्ने बताएको छ ।

विभागले विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका राजधानीमित्र रहेका खोलाको पुलमुनिको सडक किनारामा अनुगमन शुरू गरेको छ । विभागले शुरूमा फोहोर संकलन गर्ने क्षेत्रमा अनुगमन गर्ने र त्यसपछि सडक किनारामा अनुगमन थाल्ने बताएको छ ।

फोहोर बाल्न रोकेर नदी किनारामा विशेष सफाइ अभियान शुरू गरेदेखि महानगरको फोहोरको परिमाण बढेर दैनिक ७ सय टन फोहर संकलन हुन थालेको बतईएको छ । यसअघि महानगरभित्र दैनिक ६ सय टन फोहोर संकलन हुने गरेको थियो ।