Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशमा विदेश जाने भीड, विदेशमा कन्तबिजोग

१२ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

देशमा विदेश जाने भीड,
विदेशमा कन्तबिजोग

धर्मरत्न श्रेष्ठ - - - -
युवा बेचेर लोकतन्त्र चलाउने मुलुक हो नेपाल । कुनै मुलुकलाई कामदार अथवा सुरक्षा गार्ड चाहियो भने नेपाललाई सम्झन्छन्, नेपालको लोकतान्त्रिक सत्ता खुशीसाथ युवाहरूलाई विदेश पठाउँछ । तिनले पठाएको रेमिटान्सले अर्थतन्त्र चलायमान पार्छ । विदेशमा युवायुवती अभरमा परे भने वास्ता गर्दैन । यतिमात्र होइन, तिनका ससाना समस्यामा राजदूतावासमा घूस चल्छ, कमिशनको खेलो हुन्छ, दूतावासहरूले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनन् । गरून् पनि कसरी, नेतालाई ब्रिफकेश बुझाएर अथवा नातेदार राजदूत बनेर जान्छन् अनि तिनले नकमाए के गरून् । तिनको काम नेताहरूको सेवा गर्नु जो हुन्छ । यस्तो लोकतन्त्रले समृद्धि लाउने भ्रम छर्दैछन् नेताहरू, आश्चर्य लाग्छ ।
नेपाली कति सोझा, पार्टीहरूले छरेको भ्रममा परेर बाँचिरहेका छन् । विद्रोह हुन लाग्यो कि राजतन्त्रलाई गाली गर्छन्, जनता त्यही सुनेर बस्छन् । जनता लाटा छैनन्, तिनलाई थाहा छ, नेताहरू झूठ बोलिरहेछन्, भ्रष्टाचार गरिरहेछन्, चम्कदो राजनीतिको अपराधिकरण, यसरी कति दिन नेपालको अस्तित्व रहला ?