
लोकलाज र डर कतै कसैलाई केही पनि छैन । यो कस्तो देश भनिने परिवेश हो, जहाँ कतै कुनै सुनवाई नै छैन । कसैले कसैलाई जवाफ दिनै पर्दैन, जसले जे गरे पनि हुन्छ, रोक्ने कोही छैन । जसले जति सक्छ त्यति भ्रष्टाचार गरे हुन्छ । लोकलाज र डर कतै कसैलाई केही छैन । हाम्रा सबै चेतना निर्जीव भइसके, सबै संवेदना मरिसके । यस्तो लाग्छ, हामी सबै हिड्डुल गर्ने लाशमा अनुवाद भइसक्यौं ।’
अधिवक्ता प्रकाश वस्ती, कानुन पत्रिकाको अंक ५ मा ।