
काठमाडौँको बबरमहल स्थित ट्राफिक लाइट पैदलयात्रु आफैंले बटन थिचेर बाटो क्रसगर्न मिल्ने प्रविधि संचालनमा आएको छ । पैदलयात्री आफैले ट्राफिक लाइटको बटन थिचेर बाटो क्रसगर्न मिल्ने प्रविधि सन्चालनमा आएको हो ।
ट्राफिक लाइट बाल्ने उक्त प्रविधिलाई 'पेलिकन क्रसिङ' भनिने बताईएको छ । उक्त ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो । आजबाट अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने बताईएको छ ।
बटन थिचेको ५ सेकेन्डमा हरियो बत्ती बाल्ने र हरियो बत्ति बलेको ३० सेकेन्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्नेछ । काठमाडौँ जिल्ला अदालत अगाडी संचालनमा ल्याईएको उक्त प्रबिधि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा संचालमा ल्याईएको हो ।
जसको लागत १० लाख रुपैयाँ रहेको महानगरले जनाएको छ । पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने जनाइएको छ । हाल उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान गरिएका छन् ।