Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भूकम्प पिडित सुत्केरीको चिसोको कारण मृत्यु

११ सोमबार , मंसिर २०८०एक बर्ष अगाडि

भूकम्प पिडित सुत्केरीको चिसोको कारण मृत्यु

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोको कारण मृत्यु भएको छ । करिब एक महिनाकि सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोको कारण मृत्यु भएको हो । चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको बताईएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा १ सय ५४ जनाको मृत्यु भएको थियो । हाल भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिममा सुत्केरी, बालबालिका तथा वृद्धवृद्धालाई चिसोको कारण निकै अप्ठेरो परेको बताईएको छ ।

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा चिसोका कारण १० जनाको मृत्यु भइसकेको छ । उक्त भूकम्पबाट २६ हजार ५ सय ५७ निजी घर पूर्णरुपमा क्षेती भएको छ भने ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।