Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा

११ सोमबार , मंसिर २०८०एक बर्ष अगाडि

नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा

नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कुल ५ हजार ४ सय ९९ मिटर सुरुङ मार्गको काम लगभग अन्तिम चरणमा पुगेको हो ।  

नागढुंगा नौबिसे सुरुङ मार्गको आयोजनाका अनुसार कुल ५ हजार ४ सय ९९ मिटर सुरुङ मार्ग रहेकोमा हालसम्म लगभग ५ हजार ३ सय मिटर निर्माण सम्पन्न भएको बताईएको छ । जसानुसार अहिलेसम्म आयोजना अन्तर्गत सुरुङ खन्ने काम ९६.४० प्रतिशत पूरा भएको छ ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म २ हजार ४ सय ८७.४० मिटर खनिसकिएको छ । हालसम्म समग्रमा ६५.३५७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

नागढुंगा सुरुङ मार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजनाको वित्तीयतर्फ ६०.८२ प्रतिशत प्रगति भएको बतईएको छ । आयोजना अन्तर्गत ३ वटा अन्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभर पास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । शुरुवाती ठेक्का सम्झौताअनुसार सुरुङ निर्माणको काम नसकिएपछि एक वर्ष म्याद थप गरिएको थियो । योजनाको म्याद गत वैशाखमा सकिए पनि काम नसकिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिए गरिएको थियो । आगामी बैशाखसम्ममा आयोजना पुरा हुने बताईएको छ ।