Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिसो बढेसंगै हिमाली जिल्लाको तापक्रम माइनसमा

१० आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

चिसो बढेसंगै हिमाली जिल्लाको तापक्रम माइनसमा

मौसम बदलि र चिसो हावाको कारण हिमाली जिल्लाको तापक्रम घटेर माइनस डिग्रीमा पुगेको छ । हिमाली जिल्लाहरु हुम्ला, जुम्ला र जोमसोमको न्यूनतम तापक्रम घटेर माइनस डिग्रीमा पुगेको हो ।

नेपालमा अहिले पश्चिमी वायुको प्रभाव परेको कारण मौसम बदली हुनुका साथै चिसो हावा चल्दा न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको मौसमविद्को भनाई छ । मुलुकको अधिकांश भू-भाग लगायत काठमाडौँको न्यूनतम तापक्रम क्रमिक घट्ने क्रममा रहेको बताईएको छ ।

काठमाडौँको तापक्रम हिजोको भन्दा आज घटेको छ । जसअनुसार काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियसबाट घटेर १० डिग्रीमा पुगेको छ । मौसम बदलीसँगै चिसो हावा चल्दा न्यूनतम तापक्रम घट्न थालेको हो ।

काठमाडौँ उपत्यकासहित धेरै जिल्लामा दिउँसोको समयमा न्यानो भए पनि बिहान बेलुकीको समयमा चिसो बढेको छ । हुम्ला, जुम्ला र जोमसोम क्षेत्रमा विगत केही दिनदेखि चिसो हावा चलिरहेको र हिमपात पनि भइरहेको कारण न्यूनतम तापक्रम माइनसमा पुगेको छ ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली हुने र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी भागमा हिमपातको सम्भावनारहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।