Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहमति अनुसार हमासद्धारा इजरायलका ४१ बन्धक रिहा

१० आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

सहमति अनुसार हमासद्धारा इजरायलका ४१ बन्धक रिहा

गत अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रमा हमासाले आक्रमण गरि बन्धक बनाएको मध्ये इजरायलका ४१ जना बन्धकलाई रिहा गरेको छ । उक्त आक्रमण पछी हमास र इजरायलबीच युद्ध विरामको तेस्रो दिन हमासले ४१ जना बन्धकलाई रिहा गरेको हो ।

हमास र इजरायल दुबै पक्षले सहमति अनुसार बन्धक बनाएका नागरिकहरूलाई रिहा गर्दै आएका छन् । जस अनुसार युद्ध विरामको २ दिनको अवधिमा हमासले विदेशी नागरिक सहित इजरायलका ४१ जना बन्धकलाई रिहा गरेको छ ।

हमासले युद्ध विरामको पहिलो दिन २४ जना बन्धकलाई रिहा गरेकोमा १३ इजरायली नागरिक र ११ जना विदेशी नागरिक रहेका थिए । त्यसैगरी युद्ध विरामको दोस्रो दिन शनिवार १७ जना बन्धकलाई रिहा गरेको छ जसमध्ये १३ इजरायली र ४ जना थाई नागरिक रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

त्यसैगरी युद्ध विरामको आज तेस्रो दिन गाजाबाट रिहाइका लागि तयार गरिएका बन्धकहरूको सूची इजरायलले प्राप्त गरेको बताईएको छ । युद्ध विरामको ४ दिने अवधिमा गाजाले बन्धक बनाइएकामध्ये ५० जना इजरायलीलाई रिहा गर्ने सहमति गरेको थियो ।

हमासले बन्धक रिहा गरेपछि इजरायलले पनि शनिवार ३९ जना प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ । हमास र इजरायलबीच युद्ध विराम सहमति अनुसार इजरायलले १५० जना प्यालेस्टिनीलाई रिहा गर्ने बताईएको छ ।