Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

द्रुत बस सेवा पुनः सञ्चालनमा

१० आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

द्रुत बस सेवा पुनः सञ्चालनमा

गत असोज ३ गते भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको एक महिनामै बन्द भएको द्रुत बस सेवा पुनः सञ्चालन हुने भएको छ । बिबिध कारण एक महिनामै बन्द हुन पुगेको द्रुत बस सेवा पुनः सञ्चालन हुने भएको हो ।

सडक पुनः रङरोगन गरेर रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउने बताईएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ गते भव्य रूपमा उद्घाटन गरीएको  द्रुत बस सेवा बिबिध कारण एक महिनामै बन्द हुन पुगेको थियो ।

द्रुत बस सेवा भनिए पनि समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे परेपछि द्रुत बस सेवा गुड्नेभन्दा कुर्ने समय बढी भएको भन्दै आलोचना भएको थियो । सोहि अवस्थालाई मध्यनजर गर्दै उक्त सेवाका लागि ११ वटा बस थपेर पुन: द्रुत बस सेवा संचालन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौँको रत्नपार्कदेखि सूर्यविनायकसम्म १३.४ किलोमिटर दूरी रहेको उक्त द्रुत बस सेवाको यात्रा करिब ४५ मिनेटको हुने बताईएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ स्थानमा बस स्टप रहने द्रुत बस सेवा संचालनका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको थियो ।

१९ स्थानबाट बस चढ्न र ओर्लन सकिने बस स्टपमा रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायतका स्थान रहने छन् ।