Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

१० आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा संयोजन गरिएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् ।

झापाको विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो अनावरण गरिएको थियो । उक्त शालिक अनावरणका लागि  पूर्वराजा शाह शुक्रबार नै झापा पुगेका थिए । कार्यक्रम लक्षित गरेर शनिबार झापामा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजन गरेको कार्यक्रममा राप्रपाका कार्यकर्ताहरुले पूर्वराजा शाहलाई उनि बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट र्‍यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थल पुर्‍याएका थिए । पूर्वराजा शाह विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट देखि हिडेर कार्यक्रम स्थल पुगेका थिए ।

शालिक अनावरणपछि कार्यक्रमलाई सम्बोधन नगरी पूर्वराजा शाहले केहिवेर सांस्कृतिक कार्यक्रमको अवलोकन गर्दै बाहिरिएको बताईएको छ । राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध समेत नारावाजी गरेका थिए ।