Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुपर लिग आजबाट सुरु कुल ४० खेल हुने

०८ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

सुपर लिग आजबाट सुरु कुल ४० खेल हुने

दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कुल ४० खेल हुने दोस्रो नेपाल सुपर लिग अन्तर्गत आजको उदघाटन खेलमा काठमाडौं र इलाम प्रतिस्पर्धा गर्नेछन ।

नेपाल सुपर लिग अन्तर्गत आजबाट सुरु हुने खेलमा काठमाडौं र इलामका खेलाडी राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् । आजको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम सँग खेल्ने बताईएको छ ।

यसअघि तीन वर्ष पहिले आयोजना भएको प्रथम संस्करणको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं च्याम्पियन बनेको थियो । काठमाडौं रेजर्सले नेपाली खेलाडी सहित क्यामरुनका ३ र उज्वेकिस्तानका २ गरि ५ खेलाडी भित्र्याएको छ भने स्पोर्टिङ इलामले पनि ५ जना बिदेशी खेलाडीलाई भित्र्याएको छ ।

सुपर लिगको दोस्रो संस्करणको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ  । इलामले आफ्नो पहिलो सहभागितामै राम्रो नतिजा निकाल्न घरेलु फुटबलकै सफल प्रशिक्षक मानिने मेघराज केसीलाई अनुबन्ध गरेको छ । त्यस्तै उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।