Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन

०८ शुक्रबार , मंसिर २०८०३ बर्ष अगाडि

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन

आज काठमाडौँको तीनकुनेमा दुर्गा प्रसाईंले प्रदर्शन गर्ने तयारि गरेपनि प्रशासनले कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको हो ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई हिजो बल्खुमा कार्यक्रम गर्न दिए पनि आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने अनुमति नदिइएको बताईएको छ । तर, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार राष्ट्रिय युवा संघ, नेपालले काठमाडौँको तीनकुने र महाअभियान, नेपाललाई बल्खुमा कार्यक्रम गर्न दिए पनि आज कसैलाई पनि कार्यक्रमको अनुमति नदिइएको स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको प्रति गम्भीर ध्यानार्कषण भएको बताउदै स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको स्पष्ट परेको छ ।