Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सबैभन्दा बढी आयकर तिर्ने आइएमई लिमिटेड सम्मानित

०८ शुक्रबार , मंसिर २०८०३ बर्ष अगाडि

सबैभन्दा बढी आयकर तिर्ने आइएमई लिमिटेड सम्मानित

राष्ट्रिय कर दिवस २०८० का अवसरमा समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा.प्रकाशशरण महतबाट आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको हो ।

बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित राष्ट्रिय कर दिवस २०८० का अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकाललाई सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०७८-७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर बुझाउने रेमिटेन्स तर्फ आइएमई लिमिटेड सफल भएको थियो । सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

आइएमईलाई बैकिङ्ग सञ्जाल मार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको बताईएको छ ।

सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसअघि पनि पटक पटक सम्मानित हुँदै आएको आइएमई कम्पनिले साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।