Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सवारीसाधन लिएर निस्कँदा ट्राफिक एफ.एम सुन्न वा प्रहरीलाई फोन गर्न आग्रह

०७ बिहिबार , मंसिर २०८०एक बर्ष अगाडि

सवारीसाधन लिएर निस्कँदा ट्राफिक एफ.एम सुन्न वा प्रहरीलाई फोन गर्न आग्रह

काठमाडौँ उपत्यकामा सवारीसाधन लिएर निस्कँदा ट्राफिक प्रहरीले १०० र १०३ मा फोन गर्न अनुरोध गरेको छ । 

नेकपा एमालेको भ्रातृ संगठन र दुर्गा प्रसाईँको समूहले आज छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्न लागेकाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्न अनुरोध गरिएको हो ।

आज उपत्यकाभरि नै यातायात अस्तव्यस्त हुने सम्भावना देखिएकाले अत्यावश्यक काम भए प्रहरीलाई फोन गर्न अथवा ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनेर सवारीसाधन लिएर सडकमा निस्कन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ  ।

आज एमाले निकट राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा प्रदर्शन कार्यक्रम गर्दैछन् । दुवै पक्षले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारी गरेकाले उपत्यकाभरि नै यातायात अस्तव्यस्त हुने सम्भावना देखिएको बताइएको छ ।

यसअघि राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो । झडपको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको हो ।