Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अनलाइन ठगिको आरोपमा ९ जना पक्राउ

०७ बिहिबार , मंसिर २०८०३ बर्ष अगाडि

अनलाइन ठगिको आरोपमा ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । धनगढीमा अवैध रुपमा सञ्चालनमा रहेको आई. टी सेन्टरबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डोटीको सिखर नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने २६ वर्षका कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार, भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।

त्यसैगरि कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने २९ वर्षीय  मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय  जयराम सुनार रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताएका छन् ।

उनीहरूले अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्नालगायत विषयमा प्रलोभनमा पारी  पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।