Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हरिबोधनी एकादशी पर्व मनाइँदै

०७ बिहिबार , मंसिर २०८०एक बर्ष अगाडि

हरिबोधनी एकादशी पर्व मनाइँदै

आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । धार्मिक मान्यता अनुसार भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग गरेर विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाईदै छ ।

एक वर्षभरीमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा हरिबोधिनी एकादशीलाई  लिइने गरिन्छ भने सोही कारणले यसलाई ठूलो एकादशी समेत भन्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनमा आ(आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरिन्छ भने हिन्दू परम्पराअनुसार कार्तिक महिनामा सबै देवता तुलसीमा बस्ने धार्मिक विश्वास समेत रहेको छ ।

आजको दिन काठमाडौं उपत्यकाका चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । त्यसतै उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लाग्ने गर्दछ ।

आजको दिन सखरखण्ड, पिंडालु लगायतका कन्दमूल र फलफूल प्रसादको रुपमा खाने प्रचलन समेत रहेको छ ।