Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इजरायल र हमासबीच ४ दिन युद्ध विराम, ५० बन्धक रिहा गर्न हमास सहमत

०६ बुधबार , मंसिर २०८०एक बर्ष अगाडि

इजरायल र हमासबीच ४ दिन युद्ध विराम, ५० बन्धक रिहा गर्न हमास सहमत

इजरायल र हमासबीच युद्ध विराम गराउन जारी प्रयासबीच हमासले ५० जना बन्धक रिहा गर्न सहमत भएको छ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग करिब ५० बन्धक रिहा गर्ने एक सहमतिलाई मन्जुरी दिएपछि ५० बन्धक रिहा गर्न हमास सहमत भएको हो ।

इजरायल र हमासबीच युद्ध विराम गराउन जारी प्रयासबीच बन्धक छुटाउन गरिएको यो पछिल्लो प्रयासले करिब ५० बन्धक छुट्ने बताईएको छ । पछिल्लो सहमति अनुसार हमासले २३९ जनालाई बन्धक बनाएको मध्यबाट ५० बन्धक छुट्ने छन् ।

बन्धक छुटाउने सहमति अनुसार करिब पाँच दिन युद्ध विराम हुनसक्ने बताइएको छ । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यानेहूले आफूहरू युद्धमै रहेको र हमासको अन्त्य नभएसम्म युद्ध जारी रहने बताउँदै गाजाबाट इजरायललाई खतरा रहेसम्म युद्ध नरोकिने बताएका छन् ।

इजरायल र हमासबीचको यस सहमतिमा कतारले मध्यस्थ गरेको छ भने कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । पहिलो चरणमा हमासले तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरू गरि ५० बन्धक छाड्ने छ ।

हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेको बताईएको छ । गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।