Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र फर्कला ?

०५ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

राजतन्त्र फर्कला ?

काठमाडौं ।राजतन्त्र फर्कला ? कसरी फर्कला ? कहिले फर्कला ? सुरू भएको आन्दोलनलेराजा फर्काउन सक्ला ?
यी सर्वाधिक जनचासो र जनचर्चाका प्रश्नहरू हुन् । झापा, सुनसरी, बाँके, बर्दिया, सुर्खेत हुँदै भक्तपुरसम्म जनताले जसरी राजाको उपस्थितिलाई नेपालको झण्डा उचालेर स्वागतर सत्कार गरे, त्यसपछि मंसिर ७ गते राजधानीमा हुने जनविद्रोहजस्तै जनताको सहभागितामा हुने सडक संघर्ष र ९ गते झापामा पूर्वराजाकै उपस्थितिमा हुने पृथ्वीनारायण शाहको शालिकको अनावरण कार्यक्रमलाई राजतन्त्र फर्कला ? भन्ने चासोको विषयका रूपमा हेरिएको छ ।
आमनागरिक र आन्दोलनकारी भन्छन्– जनता सडकमा निस्किएपछि पूर्वराजा पनि निस्कनुपर्छ । पूर्वराजाले सांकेतिक रूपमा जनताका साथमा रहेको सन्देश, अभिव्यक्ति दिदै आएको १७ वर्ष भइसक्यो, अब सडकमै उत्रने जोखिम उठाउलान् ? जनजनमा उठेको जिज्ञासा यही हो । जनताले र संविधानका पक्षधरले संविधानलाई कुल्चेको धेरै भइसक्यो । जनविश्वास यो पद्धतिले गुमाउँदै गएको छ । दुर्गा प्रसाई र राप्रपा, रास्वपासँग यो प्रणालीर प्रणाली चलाउनेहरू भयातुर देखिन्छन् । अर्थात राष्ट्र अर्को परिवर्तनको धरापमा परेको धेरै चर्चा छ ।

राजतन्त्र फर्कला ?
काठमाडौं । हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा ७ गते काठमाडौंमा विशाल प्रदर्शन हुँदैछ । त्यो प्रदर्शन १७ वर्षकै भव्य हुने बताइन्छ ।
९ गते पूर्वराजा नेपाल निर्माताको शालिक अनावरण गर्न झापा जाने कार्यक्रम छ । यसपछि अन्य जिल्लाहरूमा पनि पूर्वराजाको उपस्थितिमै जनप्रदर्शन, अभिनन्दन हुनसक्नेछ ।
यी दुबै प्रदर्शन हुने कार्यक्रममा राप्रपालगायतका अन्य शक्तिले पनि साथ दिने सम्भाबना प्रवल छ । यसकारण सरकार प्रमुख र सरकारमा सामेल १० दलर प्रतिपक्षीसमेत गणतन्त्रको पक्षमा उभिएकाले भिडन्तको खतरा बढी छ । भिडन्त भयो भने के होला, के 
नहोला ? हल्लिएको गणतन्त्र ढल्ला कि ढलेकोराजतन्त्र उठ्ला ? हेर्न बाँकी छ ।