Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिक्षानीति राजनीतिमय हुदा लथालिङ्ग

०५ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

शिक्षानीति राजनीतिमय हुदा लथालिङ्ग

अधिवक्ता गंगा दहाल – - - - 
    विश्वविद्यालय, स्कूल, कलेज सबै राजनीतिमय बन्यो ।राजनीतिले शिक्षानीतिमात्र बिग्रिएन, हरेक विद्यार्थीको सपना प्लस टु पास गर्नेर विदेश जाने हुनथालेको छ । देशमा बसेर भविष्य बन्दैन, काम पाइँदैन, केही गर्न सकिन्न भन्ने मनस्थिति विकास भएको छ । शिक्षा बिग्रिएपछि देश बिग्रन्छ, देशको भविष्य बिग्रने रहेछ भन्ने गम्भीर विषय बनिसक्यो । कुनै समय थियो, त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रको महत्व विश्वव्यापी थियो । त्रिविको इज्जत, मान सम्मान थियो । त्यस्तो ओजर ओजन नेतृत्वले समाप्त पारिदिए ।
राष्ट्रघातको दोषी को को हुन् ? कुन कुन पार्टी, नेता, शिक्षाविद हुन् ? जसले शिक्षामा अति राजनीति गरे । राजनीतिलेराजनीति ग¥यो, शिक्षालय राजनीति गर्ने थलो बन्यो, कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्यो, विद्यार्थीजस्ता काँचो माटोलाई परिपक्व बनाउने दायित्व कसैले निर्वहन गरेनन् । पढ्ने पढाउने, नैतिकता शिकाउने पाठशाला, अनैतिकता बढाउने दोहोरी साँझजस्तो पो हुनपुग्थ्यो ।
सरकार नै स्कूल, कलेज त्रिविमा राजनीति गर्छ । राजनीति घुसाउँछ । त्रिवि देश हाँक्ने पुस्ता जन्माउने होइन, राजनीतिक कार्यकर्ता बनाउने बढाउने थलो बनेको छ । कारखानाबाट उत्पादित गुणस्तरीय सामानको सबैतिर माग हुन्छ । कारखानाबाट गुणस्तरहीन उत्पादन हुन्छ भने न आन्तरिक खपत हुन्छ, न वाह्य जगतमा । यसकारण नेपाली शिक्षाको गुणस्तररसातल पुगिसक्यो ।
सही अर्थमा कुनै पनि शिक्षणसंस्थामा राजनीति घुस्नु हुन्न । राजनीति विचार वाहिर हुने हो, कक्षा अथवा शैक्षिक संस्थामा होइन । तर नेपालमा राजनीतिले वर्तमान र भावी पुस्ता सबै बिगारिरहेको छ । हरेक पार्टीलाई आफ्ना कार्यकर्ताको हालीमुहाली सबैतिर चाहिने भएपछि शिक्षा बिग्रन्छ, देश बर्बाद हुन्छ ।
अतिराजनीतिकरणकै कारण न्यायालयमा न्याय मरेको छ । संवैधानिक निकायहरू निकम्मा बन्नाले संविधान मरेको छ । विवेक मारिएकाले विवेकहीनता बढ्यो । यो विषयमा चिन्ता गर्ने कसले ? सबै स्वार्थमा लाग्नाले राष्ट्रघात बढेको छ ।