Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्र कि चरम अलोकतन्त्र

०५ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

लोकतन्त्र कि चरम अलोकतन्त्र

सन १७८९–१७९९ सम्म फ्रान्समा जनक्रान्ति भयो । अराजकतावादी ज्याकोवियन्स समूहले जनहत्या र रक्तपात मच्चायो। संचेतन बर्गले गुहार लगाए– हे स्वतन्त्रता, तिम्रो नाममा यो कस्तो अपराध भइरहेको छ ? पछि त्यो अराजकतालाई सबै मिलेर अन्त्य गरे । अग्रगमनको नयाँ अध्याय सुरू भयो ।
वर्तमान नेपाल अग्रगमनको नारामा त्यस्तै संक्रमणमा भोगिरहेछ ।
नेपाल बहुजातीय १२६ जातजातिको मुलुक हो। संविधानसभा, लोकतन्त्र र निर्वाचनबाट समेत स्थिरता आउन सकेन । राजनीतिक अपराधिकरणबाट बढ्दो अराजकतालाई अन्तर्राष्ट्रिय अभिष्टवालाहरूले समेत साँध लगाउँदै र उक्साउँदैछन् । आफ्नो खुट्टामा उभिन नसक्ने स्वार्थी नेताहरूराष्ट्रिय स्वार्थबाट प्रेरित भएनन्, जनता अर्थात राष्ट्रसँग जोडिएनन्, त्यसैले हामीसँगराजनेता छैनन् । जो छन्, भ्रष्टाचारीमात्र छन् । राजनेता भएको भए सक्षमतापूर्वक बेथिति सम्हाल्ने थिए ।
निर्वाचनमा जनताले मतदान गरे, नेता छाने । छानेका नेता संसद सरकारमा छन्, तर जनताको कुरा कोही सुन्दैनन् । कुनै पनि नेता राष्ट्रनेताका रूपमा उभिएका छैनन्, कुनै नेतामा पनि देशैभरिमा जनविश्वास देखिन्न । जो एक बर्ग अथवा समूहको नेता बनिरहेका छन्, जो राष्ट्रिय पहिचान बनाउन असमर्थ छन्, जो जननेता बन्न सकेनन्, ऊ कसरी राष्ट्रनेता बन्न सक्छ र ? निर्वाचन शान्तिपूर्ण सकियो, सरकार अशान्ति फैलाउँदैछ । अराजकमय भयो देश ।
सन १७८० को दशकमा फ्रान्समा गुहार लगाएझैं नेपालमा पनि आमनागरिक हे लोकतन्त्र, तिम्रो नाममा यो के भइरहेको छ ? भनेर सडकमा निस्किन थालेका छन् । अदालतसमेत सडकमा पाहा पछारिएजस्तो पछारिएको देखिदा त्यो दिन आइसकेको निष्कर्ष धेरैले निकाल्न थालिसके । जननिर्वाचितहरू नै राजनीतिलाई अपराधिकरण गरिरहेछन्, अवस्था कहालीलाग्दो हुँदै गएको छ ।