Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बेलैमा स्वास्थ्य परीक्षण गरि रोगबाट बचौ : उपमेयर डंगोल

०५ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

बेलैमा स्वास्थ्य परीक्षण गरि रोगबाट बचौ : उपमेयर डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बेलैमा स्वास्थ्य परीक्षण गरि रोगबाट बच्न आग्रह गरेकि छन् । महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमपछि बोल्दै उनले उक्त आग्रह गरेकी हुन् ।

उपमेयर डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएकी छन् । शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डंगोलले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत रहनुपर्ने उनको भनाई थियो ।

उनले काठमाडौं महानगरपालिकाले नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रमहरु संचालन गरेको बताउदै हाम्रो समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी हुने गरेको र यस्तो रोग जीवनशैलीसँग जोडिएको रोग भएकाले सबैलाई सचेत गराउनु पर्ने बताईन् ।

पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा सञ्चालन भएको उक्त निःशुल्क शिविर ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने मूल नारासहित विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजना गरिएको थियो ।