Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

०४ सोमबार , मंसिर २०८०एक बर्ष अगाडि

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

चार दिनसम्म मनाइने छठ पर्व उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई आज सम्पन्न गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वलाई आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई सम्पन्न गरिएको हो ।

राजधानीमा गुह्येश्वरी, कमलपोखरी, नाग पोखरी, गहना पोखरी, थापाथली, शङ्खमुल, वाग्मती, विष्णुमती, कुपण्डोल, बोजे पोखरी, नख्खु नदी किनार लगायतका स्थानहरूमा छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गरि मनाईएको थियो ।  भक्तजनको भीड लागेको थियो ।

छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ भने हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ । छठ पर्वमा विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख-समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने धार्मिक विश्वास समेत रहेको छ ।