Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली विद्यार्थी विपिनलाई हमासले बन्धक बनाएको पुष्टि

०४ सोमबार , मंसिर २०८०३ बर्ष अगाडि

नेपाली विद्यार्थी विपिनलाई हमासले बन्धक बनाएको पुष्टि

गत असोज २० गते इजरायलमा प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । 

इजरायलमा हमासले गरेको आक्रमणपछि ४४ दिनदेखि सम्पर्कविहीन रहेका जोशीलाई हमासले गाजा क्षेत्रमा बन्धक बनाएको पुष्टि भएको हो ।

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरायलको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । 

इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत अक्टोबर ७ मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगिएका विपिनको पछिल्लो अवस्था यकिन गर्न नसकिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

विपिन गाजामा हमास समूहकै नियन्त्रणमा रहेको पुष्टि भएता पनि पछिल्लो अवस्था बारे जानकारी पाउन नसकिएको बताईएको छ भने यता विपिनको परिवारले उनको खोजी र सकुशल उद्धार गर्न सरकारसमक्ष आग्रह गरिरहेको छ ।