Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मंसिर ९ गते पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने

०३ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

मंसिर ९ गते पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने

आगामी मंसिर ९ गते शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने भएका छन् । पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न उनि झापा जान लागेका हुन् ।

बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेजको उद्घाटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र झापा जान लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्र झापा आउने भएपछी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उनको स्वागतका लागि मेचीनगरबाट र्‍याली निकाल्ने तयारी गरेको बताईएको छ ।


शाहका संवाद सचिव फणिराज पाठकले एक सूचना जारी गर्दै मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने बताईएको छ ।