Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाइपलाइनबाट पेट्रोल ल्याउन निगमको तयारी

०३ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

पाइपलाइनबाट पेट्रोल ल्याउन निगमको तयारी

मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल ल्याउन आयल निगमको मधेश प्रादेशिक कार्यालयले तयारी थालेको छ । हाल डिजेल मात्रै आयात भइरहेको उक्त स्थानबाट निगमले पेट्रोल पनि ल्याउने तयारी गरेको हो ।  

मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा निर्माणाधीन पेट्रोलको स्टोरेज ट्यांक निर्माण भईरहेको छ । आगामी  तीन महिनामा निर्माण सक्ने गरी पेट्रोलका तीनवटा र डिजेलको एउटा भण्डारणगृह बनिरहेका छन् ।

नेपाल र भारतले बनाइरहेको उक्त परियोजनाको आगामी ६ महिनाभित्र सबै तयारी पूरा गरी पाइपलाइनबाट पेट्रोल र डिजेल आयात गर्ने योजना रहेको योजना प्रमुख ई. प्रदीप यादवले जानकारी दिएका छन् । यदावाका अनुसार उक्त स्थानमा १ करोड ८२ लाख लिटर पेट्रोल–डिजेल अटाउने भण्डारणगृह तयार हुने बताईएको छ ।