Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तिते करेलाको मिठो फाईदा

०१ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

तिते करेलाको मिठो फाईदा

बजारमा सजिलै पाईने तरकारीको मध्ये तिते करेला पनि एक हो । यसलाई खाँदा तितो भएता पनि यसले हाम्रो स्वास्थ्यलाई अति नै लाभदायिक फाईदा हुने गर्दछ । तितो भएका कारण सबैलाई मन नपर्न सक्छ तर, यो फाईदा जनक छ ।

यसलाई नियमित सेवन नगरेता पनि फाइदा हुने भएकाले कहिले काँही सेवन गर्न सकिन्छ । करेला शीतल खाद्य भएका कारण गर्मी महिनामा खान स्वस्थकर मानिन्छ । शरीरमा कफ जम्मा भएमा यसलाई सेवन गर्दा यसमा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न मद्दत गर्दछ । साथै, मधुमेह भएकाहरूलाई करेलाको तरकारी अथवा करेलाको जुस सेवन गर्दा उत्तम मानी पनि  अन्य व्यक्तिले भने धेरै खान उचित हुदैन ।

करेलाको सेवनले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ भने कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूका लागि पनि यसको तरकारी ज्यादै फलदायी मानिन्छ । रगत सफा गर्ने, पाचन शक्तिलाई बलियो बनाउने काम गर्छ ।

दमको समस्या भएका बिरामीहरुले करेलाको तरकारीमा मसला नहाली खादा राम्रो हुन्छ साथै काँचो करेला खादा पक्ष घात भएका बिरामीहरूलाई सुधार गर्नुका साथै बाथ रोग र हात खुट्टा दुख्ने समस्या भएमा काँचो करेलाको झोलले मालिस गर्दा विरामिलाई फाइदा गर्छ ।

करेला सेवन गर्दा धेरै कुराको फाईदा भए पनि केही कुराहरूमा बेफाइदा पनि हुनेगर्छ । जस्तो गर्भवती महिलाले यसको सेवन गर्न गर्भामा रहेको बच्चालाई हानि हुने भएकाले गर्भवती महिलाले यसको सेवन गर्न उचित हुदैन । साथै दैनिक सेवन गर्नाले कलेजोमा हानि गर्छ जसको कारण यसको सेवन दैनिक नगर्दा उचित हुन्छ ।