Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ल्यापटप चोरीको आरोपमा सशस्त्रको असई पक्राउ

०१ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

ल्यापटप चोरीको आरोपमा सशस्त्रको असई पक्राउ

ल्यापटप चोरी गरेको आरोपमा सशस्त्रको असई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा धनगढी ३ विशालनगर घर भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)  रमेश भण्डारी ल्यापटप चोरीको आरोपमा पक्राउ परेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दका अनुसार पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको बताईएको छ । भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको उनले बताए ।

दार्चुलामा कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए । चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो ।