Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजबाट छठ पर्व शुरु, आइतवार सार्वजनिक विदा

०१ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

आजबाट छठ पर्व शुरु, आइतवार सार्वजनिक विदा

चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ । सूर्यको उपासना गरी पहिलो दिन आज नहाय खायसँगै छठ पर्व सुरु भएको हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

छठ पर्वको दोस्रो दिन भोलि ब्रतालुले खरना गर्दछन् । खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठि मातालाई चढाउने गरिन्छ र उक्त  खीर चढाइ सकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् भने उक्त प्रसादलाई खरना भनिन्छ ।

तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठमा परिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ । आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदा समेत दिएको छ ।