Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर प्रकाशित

३० बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर प्रकाशित

मङ्सिर १ गतेबाट लागू हुने गरी वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन् । १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएर नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।

प्रकाशित नयाँ ब्याजदर अनुसार १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ६ वटा बैंकहरुले ब्याजदरलाई स्थिर राखेका छन् साथै एउटा बैंकले मङ्सिर महिनाका लागि आफ्नो ब्याजदर बढाएको छ ।

मङ्सिर महिनाका लागि बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार सबैभन्दा बढी ब्याजदर घटाउने बैंक एनआईसी एशिया रहेको छ । उक्त बैंकले २.०३५ प्रतिशतले ब्याजदर घटाएको छ । मङ्सिरका लागि व्यक्तिगत तर्फ ८.९६८ प्रतिशत र संस्थागत तर्फ ६.९६८ प्रतिशत ब्याज दिने बैंकले बताएको छ ।

त्यसैगरी एनएमबि बैंकले व्यक्तिगत तर्फ ९.७६ प्रतिशत  र संस्थागत तर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिकको तुलनामा बैंकले १.२४३ प्रतिशत ब्याजदर घटाएको हो । एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले  व्यक्तिगत तर्फ ९ प्रतिशत  र संस्थागत तर्फ ७  प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकहरूले कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले ब्याजदर घटाएको हो ।

त्यसैगरी हिमालयन बैंक र नेपाल एसबिआईले मङ्सिरका महिनाका लागि व्यक्तिगत निक्षेप तर्फ १०.६३ प्रतिशत  र संस्थागत तर्फ ८.६०३ प्रतिशत ब्याज दिने बताएका छन् भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले मङ्सिर महिनामा व्यक्तिगत निक्षेप तर्फ ८.९७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ९.१ प्रतिशत र संस्थागत तर्फ ७.१ प्रतिशत ब्याजदर तोकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगत तर्फ ९.५१ प्रतिशत र संस्थागत तर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगत तर्फ ९.५१२ प्रतिशत र संस्थागत तर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ९.६ प्रतिशत र संस्थागत तर्फ ७.६ प्रतिशत ब्याज दिने भएका छन् । नेपाल बैंक, सिटिजन बैंक, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल लगायत ६ वटा बैंकले कात्तिककै ब्याजदरलाई  स्थिर राखेका छन् ।

मङ्सिरमा नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ९.९५ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत, सिद्धार्थले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९, लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ १०.०१ प्रतिशत र संस्थागत तर्फ ८.०१ प्रतिशत र प्राइमले व्यक्तिगत तर्फ १०.२५ प्रतिशत र संस्थागत तर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

कात्तिकमा माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेप तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर, मङ्सिरका लागि लागि भने बैंकले व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागत तर्फ ८.६०३ प्रतिशत कायम गर्दै ब्याजदर वृद्धि गरेको छ ।