Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वकप फुटबल छनोटमा नेपाल युएईसँग भिड्दै

३० बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

विश्वकप फुटबल छनोटमा नेपाल युएईसँग भिड्दै

आगामी २०२६ मा आयोजना हुने विश्वकप फुटबल छनोट एसियन जोन राउन्ड २ तर्फको खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । युएईस्थित अल–माक्तुम स्टेडियममा राति ९ः३० मा सुरु हुने आजको खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

विश्वकप फुटबल छनोट एसियन जोन राउन्ड २ तर्फको खेलमा नेपालले यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो । छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुने बताईएको छ ।

छनोट अन्तर्गतको समूह ‘एच’ को खेलमा नेपाल, यूएई, बहराईन र यमन समावेश छन् । यसअघि नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो ।

उक्त छनौट खेलमा सहभागी हुन राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ नेतृत्वमा नेपालका २३ सदस्यीय खेलाडीको टिम युएईमा छ ।