Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महिला टि–२० सिरिजमा नेपालले हङकङसित खेल्ने

३० बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

महिला टि–२० सिरिजमा नेपालले हङकङसित खेल्ने

महिला टि–२० सिरिजअन्तर्गत आजको खेल नेपालले हङकङसित खेल्ने भएको छ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत पहिलो खेल तान्जानियासित २७ रनले पराजित भएको नेपालले आज हङकङसित खेल्ने भएको हो ।

पहिलो खेल तान्जानियासित हारे पछी आजको खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले आयोजक हङ्कङसँग आज ११:४५ बजे खेल्न बताईएको छ । आयोजक हङ्कङसहित नेपाल,तान्जानिया र जापान  गरि चार देश महिला टि–२० सिरिजमा सहभागी रहेका छन् ।

हङकङमा जारी सिरिजमा सहभागी मध्य आइसिसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा रहेको छ । त्यसैगरी वरीयतामा हङकङ २२ औँ तथा जापान ५१ औँ स्थानमा रहेको छ ।

चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल जापानसँग आगामी मङ्सिर २ गते खेल्ने छ ।