Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चिसो बढेसंगै हिमाली भू-भागकामा हिउ पर्ने सम्भावना

३० बिहिबार , कार्तिक २०८०३ बर्ष अगाडि

चिसो बढेसंगै हिमाली भू-भागकामा हिउ पर्ने सम्भावना

क्रमिक रूपमा तापक्रम घटेसंगै देशभर चिसो बढ्न शुरु भएको छ । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको हो ।

विभागका अनुसार अहिले देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । देशाभर तापक्रम क्रमिक रूपमा घटेको भन्दै विभागले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

हाल मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव परेको पनि महाशाखाले बताएको छ । जसकाकारण पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेता पनि उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाईएको छ ।