Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपत्यकाको तीन जिल्लामा रातभर देउसी, भैलो खेल्न पाईने

२७ सोमबार , कार्तिक २०८०एक बर्ष अगाडि

उपत्यकाको तीन जिल्लामा रातभर देउसी, भैलो खेल्न पाईने

काठमाडौं उपत्यका लगायत ललितपुर र भक्तपुरमा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । उपत्यकाका ३ जिल्लामा समय सिमा नातोकिएकाले रातभर देउसी, भैलो खेल्न पाईने भएको हो ।

जिल्ला सुरक्षा समिति काठमाडौंले तिहारको अवसरमा देउसी, भैलो खेल्न कुनै पनि समयसीमा नतोकिएको बताएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

देउसी, भैलो खेल्न इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न सकिने स्थानीय प्रशासनले बताएको छ । दुर्घटना निम्त्याउने कुनै क्रियाकलाप नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह समेत गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको जानकारी दिएको छ । यसअघि काठमाडौँका मेयर बालेन्द्र साहले काठमाडौँ महानगरपालिका भित्र राति एक बजेसम्म देउसी, भैलो खेल्न पाईने बताएका थिए ।