Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज गाई तिहार मनाइदै

२७ सोमबार , कार्तिक २०८०एक बर्ष अगाडि

आज गाई तिहार मनाइदै

कात्तिक शुक्ल प्रतिपदा तिहारको तेश्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार पर्व मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा अनुसार आज गाईलाई पूजा गरि गाई तिहार पर्व मनाउन लागिएको हो ।

गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता समेत भन्ने गरेको पाईन्छ भने गाईको पूजा गरी गाईलाई मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।

धार्मिक मान्यता अनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने विश्वास रहेको छ । साथै 
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति प्राप्त हुने भनाई रहेको छ ।

कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहेता पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई रहेको छ  । साथै बिहान गाईको पूजा गरि साँझ लक्ष्मीपूजा गरिने चलन रहेको भएता पनि यसवर्ष तिथिको गडबढीका कारण हिजो बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको थियो ।