Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ति आयात

२६ आइतबार , कार्तिक २०८०एक बर्ष अगाडि

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ति आयात

यस वर्षको तिहारका लागि ४५ करोड भन्दा बढीको झिलिमिली बत्ति आयात गरिएको छ । तिहार उज्यालो पर्वको रुपमा मनाइने चाड भएकाले यस पर्वमा झिलिमिली बत्तिको माग हुने भएकाले उक्त मूल्य बराबरको झिलिमिली बत्ति आयात गरिएको हो ।

तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा बजारमा साढे ४५ करोड रुपैयाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात गरिएको बताईएको छ । तिहार, छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि झिलिमिली बत्तिको प्रयोग हुने गर्दछ । जसमध्ये झन्डै ८५ प्रतिशत झिलिमिली बत्ति तिहारमा बिक्रि हुने गर्दछ ।

उक्त झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुने नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । यसरि आयात हुने झिलिमिली बत्तिको कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आयात हुने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको महासंघले जनाएको छ ।

गएको वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात कम भएको थियो । आयात कम हुँदा बजारमा भनेजस्तो समान नहुदा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेका थिएनन् । साथै, त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो ।

यस वर्षको तिहारमा नेपाली सयपत्री फुलले बजारको माग धान्न सक्ने आकलन सहित नेपाल सरकारले सयपत्री फुल र प्लास्टिकको फुलको आयातमा रोक लगाएको छ ।