Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सिन्धुपाल्चोकमा 'जुगल भ्यू प्वाइन्ट'को शिलान्यास

२६ आइतबार , कार्तिक २०८०३ बर्ष अगाडि

सिन्धुपाल्चोकमा 'जुगल भ्यू प्वाइन्ट'को शिलान्यास

सिन्धुपाल्चोक जिल्लामा धार्मिक महत्व बोकेको भ्यू प्वाइन्ट बन्ने भएको छ । जुगल भ्यू प्वाइन्ट (गेगाङ) नाम दिईएको उक्त भ्यू पोइन्ट जुगल गाउँपालिका र हामी नेपाली ग्लोबलको संयुक्त लगानीमा निर्माण हुने भएको हो ।

जिल्लाकै धार्मिक महत्व बोकेको 'जुगल भ्यू प्वाइन्ट'को जुगल गाउँपालिका र हामी नेपाली ग्लोबलको संयुक्त लगानीमा निर्माण सम्पन्न गर्ने गरि लामा गुरुबाट कार्तिक २३ गते विहीबार विधिवत रुपमा पूजाआज गरि शिलान्यास गरिएको  थियो ।

उक्त भ्यू प्वाइन्ट शिलान्यास अमृत लामा, युएई च्याप्टरका अध्यक्ष दिल लामा, उक्त क्षेत्रका सांसद माधव सापकोटा (सुबोध), जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्ग्बो, हामी नेपाली ग्लोबलका अमेरिकी प्रतिनिधिहरू, जुगल गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष लगायत स्थानीय बुद्धिजीवी, पत्रकार एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शिलान्यास गर्दै हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले उक्त भ्यू प्वाइन्टलाई भविष्यमा  पर्यटन हबको रुपमा विकास गरिने बताए । कार्यक्रमालाई सम्बोधन गर्दै लामाले "यो ठाउँ धार्मिक रुपले निकै महत्त्वपूर्ण छ । यहाँ एउटा गुफा रहेको छ त्यसको बिचमा एउटा प्वाल छ उक्त प्वालबाट पहिला पहिला पानी नपर्दा ढुङ्गा खसाल्ने र उक्त ढुंगा तल  पुगेर ट्याङ्ग आवाज आयो भने पानी पर्ने विश्वास रहेको बताए ।" 

हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले यसअघि भूकम्प पीडितदेखि कोभिड संक्रमितसम्मका बिबिध खाले समस्याहरुमा सहयोग गर्दै आएका छन् ।