Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

२६ आइतबार , कार्तिक २०८०एक बर्ष अगाडि

कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

हिन्दुहरुको दोश्रो ठुलो पर्व तिहारको दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा गरि मनाईदै छ ।  तिथीको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाउन लागिएको हो ।

तिथीको घटबढका कारण आज तिहारको दोस्रो दिन बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिने भएको छ । आज बेलुकी लक्ष्मीपूजा गरिने घर, पसल र कार्यायलयमा सफासुग्घर बनाइन्छ । झ्याल, ढोका, कौसी, आँगन र भर्याङलगायत ठाउँमा बत्ती बालेर झिलिमिली सहित उज्यालो बनाउने गरिन्छ ।

लक्ष्मीपूजाका दिन धनधान्यकी देवीको पूजा आराधना गरिने भएकाले लक्ष्मीपूजालाई तिहारको महत्वपूर्ण दिनको रुपमा समेत लिइने गरेको पाईन्छ । उज्यालो र प्रकाशकी देवी लक्ष्मीलाई धन, समृद्धि, सुख र सौभाग्यकी प्रतिक समेत मानिने धार्मिक विश्वास रहेको छ ।

लक्ष्मीपूजाका लागि घरको आँगनदेखि लक्ष्मीपूजा गर्ने स्थानसम्म रातो माटोले लिप्ने गरिन्छ । घरमा लक्ष्मीको बास भएमा आर्थिक संकट नहुने धार्मिक विश्वास समेत रहेको छ । लक्ष्मीपूजाका दिन बेलुकी भैलो खेल्ने चलन छ भने भोलि पल्ट देखि देउसीरे खेल्ने गरिएको छ ।

लक्ष्मीपूजाको अवसरमा रातभर घर, पसल, कार्यालयमा धेरै बत्ति बालेर झिलिमिली पारिन्छ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेकाले शहरका सबै पसल गल्लि जताततै फूलमाल बेच्ने र किन्नेको घुईचो लागेको छ ।