Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौंमा देउसी भैलो राति १ बजेसम्म

२४ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

काठमाडौंमा देउसी भैलो राति १ बजेसम्म

काठमाडौं महानगरपालिका भित्र तिहारको देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने भएको छ । महानगरपालिकाले सुरक्षा लगायतको ब्यबस्था मिलाएर राति १ बजेसम्म देउसी–भैली खेल्न पाउने प्रबन्ध मिलाएको हो ।

विगतका वर्षहरुमा कोभिड महामारी लगायतलाई कारण देखाउँदै स्थानीय प्रशासनले काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्ने अनुमति दिँदै आएको थियो । तर यस वर्ष भने १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षाका लागि गस्तीको व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बलेन साहले सामाजिक सञ्जालमा लेख्दै ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन अनुरोध गर्दछौं' भनेका छन् ।

मेयर शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न मिल्ने गरी सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई समेत आग्रह गरेका छन् ।