Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हत्याको आरोपमा मुगुमा आफन्त सहित २ जना पक्राउ

२४ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

हत्याको आरोपमा मुगुमा आफन्त सहित २ जना पक्राउ

एकै परिवारको चार जनाको हत्याको आरोपमा मृतकका नातेदार सहित दुई जना पक्राउ परेका छन् । मुगुको रारा नगरपालिका-६ मुन्दुगाउँमा भएको हत्यामा संलग्न रहेको आरोपमा मृतकका मामाका छोरा र छिमेकी गाउँका युवक पक्राउ परेका हुन् ।

२०८० कात्तिक ८ गते मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा बिहीबार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराछोरी ११ वर्षीय मनोज, ८ वर्षीया अप्सरा र आठ महीनाका रहरको हत्या भएको थियो । उक्त घटना पछी हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत टोली खटिएको थियो ।

हत्यामा संलग्न २ जनाले धनमाल लुटपाटको उद्देश्यले परिवारकै हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्वर ७ पिना गाउँका गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहोरारहेका छन् । दुवैले अभियोग स्वीकार गरेका छन् ।

घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।