Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धनतेरस लक्षित सुन चाँदीका ४३ हजार थान सिक्का बिक्री

२४ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

धनतेरस लक्षित सुन चाँदीका ४३ हजार थान सिक्का बिक्री

राष्ट्र बैंकले पाँच दिनको अवधिमा ४३ हजार थान सुन र चाँदीका सिक्का बिक्री गरेको छ । धनतेरसलाई लक्षित गरी काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले उक्त सुन–चाँदीका सिक्का बिक्री गरेको हो ।

टक्सार विभागले गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभागले जनाएको छ  ।

टक्सार विभाग प्रमुख थानेश्वर आचार्यका अनुसार राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गरिएको थियो ।

धनतेरसमा लक्ष्मीको पूजा गर्दा सुन–चाँदीका सिक्का राखेर पूजा गर्ने चलन अनुसार राष्ट्र बैंकले हरेक बर्ष सुनचाँदीको सिक्का बिक्री गर्दै आएको छ । प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सुन–चाँदीका सिक्का बिक्री गर्ने गरेको छ ।

राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष सुन–चाँदीका सिक्काको माग बढी छ । यस वर्षको तिहारको धनतेरस आज परेको छ । यस दिन तिहारको किनमेल गर्नु उपयुक्त मानिन्छ ।