Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा बन्ने

२४ शुक्रबार , कार्तिक २०८०३ बर्ष अगाडि

तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा बन्ने

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत काठमाडौँको मूलपानी सहित ३ वटा क्रिकेट रंगशाला निर्माण हुने भएका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजनामा राखेर ३ वटा क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मूलपानी क्रिकेट रंगशाला, मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण गर्ने निर्णय गरेको छ ।

मूलपानी र बैजनाथपुर रंगशाला राष्ट्रिय खेलकुद परिषद राखेप मातहतमा छन् भने मन्त्रिपरिषदको बैठकको निर्णय पछी उक्त दुई रंगशाला सहित चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेर अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि निर्माण हुने भएको हो ।

नेपाल दोस्रो पटक टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउन सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अबको ३ देखि ४ वर्षमा तीन वटै क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजना अन्तर्गत तयार गर्न तयारि थालेको हो ।