Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुन चाँदीको मूल्य घट्यो

२३ बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

सुन चाँदीको मूल्य घट्यो

आज सुन र चाँदीको मूल्य घटेको छ । सुन तोलामा १ हजार र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

घटेको मूल्य अनुसार आजका लागि छापावल सुनको मूल्य १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।